आर्थिक विधेयक पारित 

सोमबार, असार ६, २०७९

काठमाडौं । आर्थिक विधेयक २०७९ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।यसपछि निर्णयार्थ प्रस्तुत गरिएको सो विधेयक बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार