सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेस बिपीका केन्द्रीय नेताहरू राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस बिपी उपाध्यक्ष सुदर्शन सिटौला, सहमहामन्त्री दिपक कार्कीसहित केन्द्रीय नेताहरूलाई राप्रपामा प्रवेश गराएका हुन् ।
राप्रपा पार्टी कार्यालयमा धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले उनीहरूलाई राप्रपामा प्रवेश गराएका हुन् ।
कांग्रेस बिपीका केन्द्रीय सदस्यहरु गोपाल श्रेष्ठ, ध्रुव थापा, झविन्द्रराज आचार्य, गोपाल सापकोटा, सीता बस्नेत, सुशील कुमार कार्की, विनोद हमाल, प्रकाश ज्ञवाली, लोकबहादुर कार्की लगायतका नेताहरू राप्रपामा प्रवेश गरेका हुन् ।
साथै नेपाली कांग्रेस धुलिखेलका नेता इन्जिनियर रञ्जीब श्रेष्ठ पनि राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् ।
राप्रपा नेपालद्वारा थप तीन पदाधिकारी मनोनित
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले थप दुई जना सहमहामन्त्री मनोनित गरेको छ । पार्टी अध्यक्ष कमल थापाले आइतबार पार्टी केन्द्रीय सदस्यद्धय ज्ञानेन्द्र कार्की र नरप्रसाद थापालाई सहमहामन्त्रीमा मनोनयन गरेका हुन् ।
थापाले केन्द्रीय सदस्य बिक्रम बमलाई पार्टी प्रवक्तामा मनोनयन गरेका छन् । कार्की र थापा काठमाडौं निवासी हुन् भने बम दार्चुला निवासी हुन् । पार्टीको विधान बमोजिम उनीहरूलाई मनोनित गरिएको पार्टी प्रवक्ता सुरेश आचार्यले बताए ।