सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं ।अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा संसदीय समितिमा जवाफ दिन नआएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको बैठकमा एसपीपीका बारेमा छलफल गर्ने जनाउ दिएपछि गठबन्धनका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री देउवा नआएको भन्दै विपक्षी दलका सांसदहरूले चर्को आलोचना गरेका थिए । सत्तारुढदलकै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण र एसपीपीबारे जवाफ दिनुपर्ने माग गर्दै आएका थिए ।