सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका नेकपा एमालेका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डे निलम्बनमा परेका छन् । यसअघि माधवकुमार नेपाल र भीम रावललाई नेकपा एमालेले कारवाही गरेको थियो । भुसाल र पाण्डे नेपाल समूहमा सक्रिय छन् । दुई नेतालाई कारवाही गरेर ६ महिनाका लागि निलम्बन गरिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेता नेपाल र रावललाई पनि ६ महिना निलम्बन गरिएको छ ।
पार्टीले सोधेको स्पस्टिकरणको जवाफ चित्त बुझ्दो नभएकाले उनीहरुलाई निलम्बन गरिएको नेकपा नेता सुवास नेम्बाङले जानकारी दिए । भुसाल र पाण्डे दुवैले पार्टी अध्यक्ष ओलीको कदमको कडा आलोचना गर्दै जवाफ दिएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणको जवाफ स्थायी कमिटी सदस्य तथा उपमहासचिव घनश्याम भुषालले कडा रुपमा बुझाएका थिए । ११ पृष्ठको जवाफमा ओलीमाथि नै भुसालले विभिन्न आरोप लगाएका थिए । आफूसँग ओली रुष्ट हुनुको कारण थाहा भएको उल्लेख गर्दै भुसालले ओलीसँग खतरनाक ग्रन्थी भएको आरोप लगाएका थिए । उनले भनेका थिए, ‘मैले हेर्दा तपाईंको एउटा खतरनाक ग्रन्थी के छ भने तपाईंले जसबाट फाइदा लिनु हुन्छ अन्त्यमा उसैलाई ठुँग्नु हुन्छ । मलाई राम्ररी थाहा छ तपाईं मसँग किन रुष्ट हुनुहुन्छ ।’ ओलीले सोधेको स्पष्टिकरणको तीन दिनसम्म जवाफ नदिएपछि पुन ताकेता गरेपछि गएको मंगलबार मात्रै भुसालले जवाफ फर्काएका थिए ।