नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षीको सहयोग खोज्दै सरकार

दुई मन्त्री पुगे बालकोट
शुक्रबार, असार ३, २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका छन् ।शुक्रबार साँझ दुई मन्त्री बालकोटस्थित ओली निवास पुगेका हुन् ।  ओलीसँग मन्त्रीद्वयले नागरिकता विधेयकबारे छलफल गर्ने बताइएको छ । दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी छ । गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटकपटक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । लोसपाले पनि नागरिकता विधेयक अघि बढाउन माग गरिरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार