पर्यटनमन्त्री प्रेम आले फेरि बिबादमा

अश्लिल शब्द प्रयोग भएको अडियो सार्वजनिक भएपछि पर्यटनमन्त्री प्रेम आलेमाथि राजीनामाको दबाब
शुक्रबार, असार ३, २०७९

काठमाडौं । मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन् ।

अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकारीलाई  द्रुव्र्यवहार गरेका सुनिने अडियो  अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँग उनको आलोचना भएको छ । यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि बिबादमा तानिएका थिए । मन्त्री आले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसवाट शेरबहादुर देउवा मन्त्रीमण्डलमा सहभागी छन् । सो अडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उनको राजिनामा माग गर्न थालिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार