एसपीपीकाबारे अमेरिकी दूतावाससँग प्रष्टीकरण सोध्नुपर्छ : दुर्गा पौडेल

बिहीबार, असार २, २०७९

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ ९एसपीपी०सम्झौताको विषयमा काठमाडौंस्थित अमेरिकी दूतावाससँग पनि प्रष्टीकरण सोध्नुपर्ने बताएकी छन् ।  बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले एसपीसी सम्झौता भइसकेको भन्ने दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्ने बताइन् । 
‘हिजो दूतावासले पत्रकार सम्मेलन गरेर एसपीपी भइसकेको छ । अब केही गरिरहनुपर्दैन भन्यो । दूतावासको सो भनाइलाई खण्डन गर्दै नेपाली सेनाले एसपीपी नभएको र कुनै विदेशी सेनासँग सैन्य गतिविधिमा संलग्न हुनेगरी सम्झौता नभएको बतायो । प्रधानमन्त्रीले पनि यस्ता सम्झौता नहुने बताए,’ उनले भनिन्, ‘दूतावास भइसकेको भन्ने, सेना र प्रधानमन्त्री भएको छैन भन्ने, योबीचमा देखिएको अस्पष्टलाई स्पष्ट गर्नुपर्छ । यसका लागि दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्छ ।’ 
 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार