हामीले चुनावमात्र लडेनौं, अधिनायकवादसँग लड्यौँ : ओली

बिहीबार, असार २, २०७९

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत स्थानीय तह निर्वाचनमा चुनावमात्र लडेर एमालेले अधिनायकवादसँग पनि लड्नुपरेको बताएका छन् ।  काठमाडौंमा बिहीबार आफ्ना निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले चुनावमात्र नलडेर अधिनायकवादसँग पनि लड्नुपरेको बताएका हुन् ।
‘हामीले चुनावमात्र लडेनौँ, अधिनायकवाद, तानाशाही, दमनकारीसँग लड्नु पर्‍यो,’ ओलीले भने, ‘उनीहरुसँग लडेर जितेर आउनुभयो । बधाई छ ।’ 
सत्तारुढ दलले राज्यशक्तिको दुरुपयोग गरेको, बुथ कब्जा गरेको ओलीको आरोप छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार