देउरालीमा तरलता समस्या, आजदेखि कारोबार बन्द 

सूचना टाँसेर कारोबार बन्द
बुधबार, असार १, २०७९

ललितपुर । ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली बहुउद्देश्यी सहकारी संस्था लिले तरलता समस्या देखिउँदै कारोबार बन्द गरेको छ । बुधबार सूचना प्रकाशित गर्दै देउरालीले शुक्रबारसम्म कारोबार बन्द गरेको जानकारी दिएको छ । लामो समयदेखि बैंक तथा वित्तीय क्षेत्रमा तरलता संकट देखा पर्दै आएको छ । सोही सेरोफेरोमा देउरालीको सूचना आएको छ । लामो समयदेखि देउराली पनि तरलता अभाव झेलिरहेको थियो । 
कुल वासलात करिब ३ अर्ब रुपैयाँ रहेको देउरालीका सञ्चालकहरुले सदस्यहरुबाट उठाएको अघिकांश बचत आफैंले चलाएको सदस्यहरुको आरोप छ । 
देउरालीका अध्यक्षले हस्ताक्षर गरी सार्वजनिक गरेको सूचनामा भनिएको छ,‘हाम्रो यस देउराली सहकारी संस्था लिमिटेड संस्थामा तत्लका केही तरलताको समस्या हुन गएको छ । तरलता समस्या व्यवस्थापनको विषयमा नेपाल सरकार मातहतका सहकारी सम्बन्धित निकाय सहकारी विभाग÷सहकारी संघ राष्ट्रिय सहकारी बैंकसँग आवश्यक सहयोग परामर्श र समन्वय भइरहेको छ ।’ 
‘यस सहकारी संस्थामा यहाँहरु सम्पूर्ण सदस्यहरुको नगद मौज्दात सुरक्षित रहेको जानकारी गराउँदै तरलताको व्यवस्थापनका लागि आमगी शुक्रबारसम्म यस संस्थाबाट गरिने आर्थिक कारोबार बन्द गरिएको हुँदा यसबाट पर्न गएको असुविधा प्रति सहकारी क्षमा प्राथी छ । थप जानकारी तथा अन्य सहयोगका लागि कार्यालय खुल्ला रहने जानकारी पनि गराउँदछौ’, देउरालीको सूचनामा भनिएको छ । 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार