शान्ति समाजद्वारा पाँच जिल्लामा रक्तदान

मंगलबार, जेठ ३१, २०७९

काठमाडौँ । विश्व रक्तदाता दिवस १४ जुनका अवसरमा मानवअधिकार तथा शान्ति समाजको आयोजनामा पाँच जिल्लामा रक्तदान गरिएको छ ।शान्ति समाज काठमाडौँ शाखाले आज बौद्धमा  आयोजना गरेको रक्तदान कार्यक्रममा समाजका महासचिव रामकृष्ण बरालसहित २९ जनाले रक्तदान गरेका  थिए  । यसैगरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा आयोजित रक्तदान कार्यक्रममा शाखा सभापति प्रकाश शाही, सचिव दीपक गौतमसहित २१  जनाले रक्तदान गरे  ।

  शान्ति समाज चितवन शाखाद्वारा भरतपुरमा आयोजित रक्तदान कार्यक्रममा चितवन शाखा सभापति शम्भु राउतसहित ३३ जनाले रक्तदान गरे  । समाजको रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रीय सचिव मीना ढकाल, शाखा उपसभापति कृष्ण भट्टराईसहित २० जनाले रक्तदान गरेका थिए  ।यसैगरी शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित कार्यक्रममा १२ जनाले रक्तदान गरेका  थिए  । त्यसक्रममा शान्ति समाजका आजीवन सदस्य हेमेन्द्र खड्काले २०औँ पटक रक्तदान गरेको  महासचिव बरालले जानकारी दिए  । रासस 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार