दक्षिण अफ्रिकामा मादक पदार्थको बेचबिखनमा प्रतिबन्ध 

बुधबार, चैत १८, २०७७

जोहानसवर्ग । दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच बिखनमा प्रतिबन्ध लगाइएको छ ।  दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मङ्गलबार राति गरेको सम्बोधनमा प्रतिबन्धको घोषणा गरेका हुन् ।  दक्षिण अफ्रिकामा पनि पछिल्लो समयमा कोभिड १९ को संक्रमण दर बढ्दो छ । यसै कारणले यहाँ मादक पदार्थको बेचविखनमा प्रतिबन्ध लगाइएको हो । यहाँको इस्टर पर्वको हप्तामा मादक पदार्थको अत्यधिक मात्रामा बिक्री वितरण हुने गरेका र यहाँ पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो रहेकोले पनि यो प्रतिबन्ध लगाइएको यहाँका अधिकारीहरुले जनाएका छन् ।  यहाँ यो इस्टर्न होलिडे मनाउने क्रममा ठूलो संख्यामा मानिसहरु जम्मा हुने भएकाले ठूलो संख्यामा उनीहरुलाई भेटघाट र जम्मा हुन पनि प्रतिबन्ध लगाइएको छ ।  यहाँ एक महिना यतादेखि नै कोभिडको खोप लगाउने काम पनि शुरु भएको छ ।  चीन र रसियाबाट ल्याइएको कोरोना विरुद्धको खोप दक्षिण अफ्रिकामा दिने गरिएको छ । यहाँको स्वास्थ्य सम्बन्धी निकायले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ कम्तीमा पनि १५ लाख मानिसलाई यो संक्रमण भएको छ । त्यसैगरी यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि ५२ हजार जना मानिसको ज्यान गएको छ ।  पछिल्लो समयमा युरोप र अमेरिकामाजस्तै यहाँ पनि कोरोना महामारीको दोस्रो लहर आएकाले त्यसबाट बच्न होटल रेष्टुरेन्ट आदिमा पनि सीमित मानिसहरु मात्र बस्न मिल्ने गरी प्रतिबन्ध लगाइएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १९:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार