एक करोड २१ लाख भारतीयमा कोरोना भाइरस सङ्क्रमण   

बुधबार, चैत १८, २०७७

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा ५३ हजार ४८० जना व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । यो संख्यापछि कूल सङ्क्रमित एक करोड २१ लाख ४९ हजार भन्दा बढी पुगेका छन् । सो अवधीमा कोरोना भाइरस सङ्क्रमणबाट ३५४ जनाको मृत्यु भएपछि यहाँ मृतकको सङ्ख्या एक लाख ६२ हजार ४६८ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । कूल सङ्क्रमितमध्ये पाँच लाख ५२ हजार ५६६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ३४ हजार ३०१ जना सङ्क्रमणमुक्त भएका छन् ।  जनवरी १६ बाट शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानमा हालसम्म ६ करोड  ३० लाख भन्दा बढीले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ३६ लाख ७२ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।  मंगलबार एकै दिनमा दश लाख २२ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार