बिजुली तारमा हिँडेका माइलालाई काठमाडौंमा संस्थाको जिम्मा लगाइयो

आइतबार, जेठ २९, २०७९

काठमाडौं  ।  ककनीको त्रिशूली 'थ्रि ए' को प्रसारण लाइनमा हिँडेका माइला विकलाई काठमाडौंमा रहेको एक संस्थाको जिम्मा लगाइएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ घर भएका विकलाई काठमाडौंको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थाको जिम्मा लगाइएको हो ।  जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार संस्थाले हेरचाह र उपचार गराउँछौं भने पछि जिम्मा लगाइएको हो । ककनी गाउँपालिका-७ स्थित विद्युत प्रसारण लाइनमा शनिबार उनी हिँडेका थिए ।  उनलाई नेपाली सेनाको टोलीले राति उद्धार गरेको हो । 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार