झापाको पाउँ पाथीभरा मन्दिरनजिकै महिलाको शव फेला

आइतबार, जेठ २९, २०७९

काठमाडौं ।  झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिर नजिकै एक महिलाको शव फेला परेको छ । महेन्द्र राजमार्ग सडकखण्ड झापाको चारआली जंगल पाउँ पाथीभरा मन्दिर नजिकै महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । झापाका डिएसपी वसन्तकुमार पाठकका अनुसार अन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको हो । उनो शव बुटामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।मृत महिलाको साथमा ब्यागसमेत रहेको प्रहरीले जनाएको छ । महिलाको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार