सामुदायिक वनमा खयरका बिरुवा रोपिए 

आइतबार, जेठ २९, २०७९

खोटाङ  । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित देउले सामुदायिक वनमा खयरका बिरुवा रोपिएको छ । देउले सामुदायिक वन उपभोक्ता समूहले आइतबार खयरका १४०० बोट बिरुवा रोपेका छन् । पछिल्लो समय सल्लाको बोट मासिँदै गएकाले खयरको बिरुवा रोपिएको देउले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष घिमिरेले बताए । २८५ हेक्टरमा फैलिएको सामुदायिक वनको उपभोक्ता समूहले वर्ष दिनअघि खयरको बिरुवा खरिद गरेर ल्याएर बेर्ना तयार पारेर रोपेको हो । खयरको बोट हुर्केपछि भविष्यमा राम्रो मूल्यमा बिक्रीवितरण र आयआर्जन हुने भएकाले खयरको बिरुवा लगाइएको अध्यक्ष घिमिरेले बताए । समूहले खयरको बिउ खरिद गरेर ल्याएर समूहका सदस्यलाई बेर्ना उत्पादन गर्ने जिम्मा दिएको थियो । वृक्षारोपणमा समूहका २८ जनाको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार