चट्याङ लागेर दुई जनाको मृत्यु

शुक्रबार, जेठ २७, २०७९

सप्तरी ।  बोदेबरसाईन नगरपालिका–३ मधुबन टोल बस्ने ६५ वर्षीय सत्य नारायण यादव र ६० वर्षीय रामजी यादवको चट्याङ लागेर बिहीबार मृत्यु भएको छ । 

सोही ठाउँस्थित बियुल खोलामा गाई चराउन गएको अवस्थामा अचानक चट्याङ परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । २०७९ साल सुरु भएयता चट्याङ लागेर देशभर २६ जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार