बसले ठक्कर दिँदा सहचालकको घटनास्थलमै मृत्यु

शुक्रबार, जेठ २७, २०७९

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिकाको मौवा खोला नजिक बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब ४ बजेको समयमा काठमाडौंबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) बसले सोही बसका सहचालक सुनसरीको झुम्का बस्ने वर्ष २३ को जनक दाहाललाई ठक्कर दिदा दाहालको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले घटनास्थल तथा लास जाँच मुचुल्का तयार गरि शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाएको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ । सवारी आवागमन अझै सहज भएको छैन । गाडी अगाडि सहचालक भएको बेला गाडी अगाडि बढाउँदा घटना भएको हुन सक्छ’, उनले भने ।

बिहीबार राति पृथ्वी राजमार्गको विभिन्न स्थानमा गएको पहिरोका कारण अझै पनि यातायात सेवा सहज भएको छैन । ट्राफिक नियमको पालना नगर्दा आवागमन अस्तव्यस्त बनेको स्थानीय पत्रकार दानबहादुर गुरुङले बताएका छन् ।

आँबुखैरहनीमा सडक भाँसिएपछि पोखरातर्फ जाने गाडीहरु अड्किएको र त्यसले गर्दा समस्या भएको चितवन प्रहरी प्रवक्ता अधिकारीले बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार