आजबाट काठमाडौंको फोहोर उठने, मध्यराति जुट्यो १८ बुँदे सहमति

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं, । दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ ।काठमाडौं महानगरपालिका  र सिसडोल-बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार बिहान १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । यसअघि पनि आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि र महानगरसँगै सहरी विकास मन्त्रालयबीच सहमति जुटेको थियो । तर, स्थानीयले आन्दोलन जारी नै राखेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  ०७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार