सन्धिखर्कमा रेविजविरुद्धको नि:शुल्क खोप

शुक्रबार, जेठ २७, २०७९

अर्घाखाँची । सन्धिखर्कमा छाडा छोडिएका कुकुरलाई रेविजविरुद्धको निस्शुल्क खोप लगाइएको छ ।  नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (नेल्टा) अर्घाखाँचीका अध्यक्ष प्रदीप आचार्यसहितको टोलीले सन्धिखर्क बजारका मुख्य स्थानमा कुकुरलाई रेविजविरुद्धको खोप लगाएको हो ।नेल्टाको स्थापना दिवसको अवसरमा खोप लगाइएको उनले बताए ।  उनीहररूले  अर्घाखाँची अस्पताल पुगेर बिरामीहरुलाई हर्लिक्स तथा विस्कुट वितरणसमेत गरेका थिए । लायन्स क्लबको सहआयोजनामा नेल्टाले बिरामीका लागि हर्लिक्स वितरणसहित सन्धिखर्क बजारमा कुकुरलाई  खोल लगाएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  ०७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार