स्वास्थ्य मापदण्ड अपनाउन बेलायती प्रधानमन्त्रीको अपिल 

मंगलबार, चैत १७, २०७७

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सबै सर्वसाधारण नागरिकलाई स्वास्थ्यका सुरक्षित मापदण्ड अपनाउन अपिल गरेका छन् । बेलायतमा खेलकूद र बाहिर हिँडडूलका काम शुरु भएका छन् । यस्तो अवस्थामा बेलायत फेरि पनि महामारीको सङ्क्रमण बढ्दै गएकोले यसो नगर्न भनी आग्रह गरेका हुन् । बेलायतमा छ जनासम्म मानिस बाहिर जम्मा भएर हिँडडूल गर्न, आफ्ना घर तथा सार्वजनिक पार्कमा पनि सानो सङ्ख्याका मानिस जम्मा हुन र सानातिना खेलकुद गर्न दिने विषयमा बेलायतमा कुराकानी भइरहेको अवस्थामा यस्तो नगर्न भनिएको हो । प्रधानमन्त्री जोन्सनले अहिले पनि देशमा महामारीको निकै नै अप्ठेरो अवस्था छ भन्ने कुरा सबै नागरिकले मनन गर्नुपर्ने नै बेला रहेको पनि बताए । बेलायतमा जनवरीको पहिलो हप्तादेखि लगाइएको कडाइको अवस्थामा सोमबारदेखि केही खुकुलो गराइएको छ । योसँगै यहाँका नागरिकले सबै नै खुला भएको महसुस गरेर हिँड्न र काम गर्न नहुने उनले बताए । यहाँ मार्चको ८ तारिखदेखि विद्यालय खुला गरिएको छ भने पहिले लगाइएको लकडाउनमा पनि हिजो सोमबारदेखि केही खुकुलो पारिएको छ । 
उनले यसअघि बेलायतमा घरमै बसौँ भन्ने नारा अघि सारिएकोमा अब भने आफ्नो समुदायमा बसौँ धेरै टाढा हिँडडूल नगरौँ भन्ने नारा अघि सारिएको बताए । 
बेलायतमा सोमबारदेखि गरिएको व्यवस्थामा नागरिक घरबाट बाहिर निस्किन पाउने छन् । तर ठूलो सङ्ख्यामा जम्मा हुन र धेरै टाढाको यात्रा गर्न भने पाउने छैनन् ।  बेलायतमा अहिले पनि कोरोनाको नयाँ प्रजातिको भाइरसको प्रकोप धेरै देखिएको छ । यहाँ दैनिक सङ्क्रमित हुने र मृत्यु हुने व्यक्ति घटेका छैनन् ।–सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  २०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार