गोदावरी नगरपालिकाकाे नयाँ याेजना, '२५ जनाको समूह बनाएर आउने किसानलाई ‘सहुलियत कर्जा’ 

जनपक्षीय काम गाेदावरी नगरपालिकाका जनप्रतिनिधिकाे प्राथमिकतामा
आइतबार, जेठ २२, २०७९

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट चुनिएर आएका गोदावरी नगरपालिकाका जनप्रतिनिधिले जनपक्षीय कामलाई प्राथमिकता साथ अघि बढाउन सुरु गरेका छन् । यसै सिलसिलामा किसानलाई लक्षित गरी नगरपालिकाले महत्वपूर्ण निर्णय गरेको छ । गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनले समूह बनाएर आउने किसानलाई बिना व्याज समयअवधि तोकेर 'सहुलियत कर्जा' दिइने जानकारी दिए । व्यबसायिक रुपमा कृषि कर्ममा क्रियाशील किसानहरुले रकम नभएकै विदेश पलाएन हुने अवस्थालाई रोक्न नगरपालिकाले यस्तो नीति ल्याउन लागेको नगर प्रमुख महर्जनले बताए । 

Godawari1654431020.jpg
सहुलियत कर्जाका लागि किसानहरुले २५ जनाको समूह अथवा कृषि सहकारी गठन गरी नगरपालिकामा आवेदन 
 दिनु पर्नेछ । कृषिलाई व्यावसायिक रुपमा अघि बढाउने प्रतिवद्धतासहित आउने कृषक समूहलाई सहुलियत दरमा यस्तो ऋण उपलव्ध गराइने नगरप्रमुख महर्जनले बताए । आव २०७९–८० नीति तथा कार्यक्रम निर्माणको तयारीका लागि आइतबार नगरपालिकाको कृषि बिकास शाखाले आयोजना गरेको योजना तर्जुमा गोष्ठीमा नगरप्रमुख महर्जनले किसानलाई व्यबसायिक बनाउन राज्यले पनि अनुदान दिनुपर्ने धारणा पनि राखे ।  उनले भने, ‘कृषकहरु विदेशमा गएर श्रमिक बन्ने होइन, स्वदेशमै व्यावसायिक कृषि कर्म गरेर मालिक बन्ने हो ।’ नगरप्रमुख महर्जनले किसानलाई सहुलियत ऋण विवरणमा पक्षपात नगर्न कार्मचारी सचेत पन गराए । 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार