आइटी पार्क नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु 

आइतबार, जेठ २२, २०७९

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित आइटी पार्क नजिकै गएराती भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलाल्चोकको बलेफी नगरपालिका–६ का अन्दाजी २८ वर्षीय फुलकाजी तामाङ रहेका छन् । पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ७३ प ७५०२ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले गएराती साढे ९ बजे ठक्कर दिएको थियो । गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि अस्पताल तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । दुर्घटना लगतै सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार