माओवादी केन्द्र बागमती प्रदेशले चुन्यो संसदीय दलको नेता 

शालिकराम जम्मकट्टेल संसदीय दलका नेता
मंगलबार, चैत १७, २०७७

काठमाडौं । नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशसभाको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् । संसदीय दलको सोमबार सम्पन्न बैठकले नेता जम्मकट्टेललाई चयन गरेको वाग्मती प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए ।  यस्तै दलको उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् ।  संसदीय दलको बैठकले प्रदेशसभामा प्रभावकारी रुपमा जनताको पक्षमा भूमिका निर्वाह गर्ने र प्रदेशसभाको भूमिकालाई थप सशक्त बनाउने निर्णय गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  ०८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार