कोभिड खोपको ‘बुस्टर डोज’को अध्ययनमा चीन

मंगलबार, चैत १७, २०७७

बेइजिङ । चीनमा कोभिड–१९ विरूद्ध खोप लगाउने कार्यलाई तदारूकदाका साथ अघि बढाइरहेको स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् । खोप सुरक्षित रूपमा सञ्चालनमा रहेको चिनियाँ चलिरहेको र हालसम्म चीनमा लगाइएको खोपको सङ्ख्या १० करोड मात्रा पुगिसकेको छ ।  चिनियाँ खोपको सुरक्षा प्रभाव छ महिनाभन्दा बढीसम्म भएको चिनियाँ रोग नियन्त्रण तथा निवारण केन्द्रका प्रथम विशेषज्ञ वाङ ह्वाछिङले जानकारी गराएका छन् । विशेषज्ञ वाङले भने, ‘हालसम्म एन्टिबडीको स्तरबाट हेर्दा चिनियाँ खोपको प्रभाव लगभग ६ महिनाभन्दा बढी रहने देखिएको छ । तर एन्टिबडी हाम्रो स्वास्थ्यको संरक्षण गर्ने एउटै मात्र सूचकाङ्क होइन, खोपले भूमिका निर्वाह गर्ने क्रममा अन्य कारक तत्वहरूले पनि भूमिका निर्वाह गर्दछन् । यसै कारणले खोपको अध्ययनमा निरन्तरता दिँदै यसको संरक्षण समय निश्चित गर्नुपर्छ ।’ कोभिड विरूद्ध खोपको ‘बुस्टर डोज’ डिजाइन गरिसकेको र परीक्षण भइरहेको जानकारी चिनियाँ सिनोफार्म कम्पनीका उप महाप्रबन्धक चाङ युनथाउले दिए ।  यस बुस्टर डोज कहिले लिने भन्ने कुरा तेस्रो चरणको परीक्षणको नतिजा पाएपछि मात्रै भन्नसकिने कुरा पनि चाङले बताए ।–सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  ०६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार