सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरी विवादलाई थप जटिलतातर्फ धकेलेको छ । उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरी एमालेको संस्थापन पक्ष माधव–झलनाथ समूहमाथि कठोर बनेको देखाउने प्रयास गरेको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र पठाएका हुन् । कारवाहीप्रति नेताद्धयको प्रतिक्रिया आइसकेको छैन । कारबाहीको सूचना पाएपछि नेपाल र रावलले प्रचण्डसँग भेट गरेको थिए ।