कतारमा पनि कोभिड १९ को संक्रमण बढ्दो

शनिबार, चैत १४, २०७७

दोहा । कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढिरहेको छन । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढेको हो । राजधानी दोहामा कोरोना संक्रमितहरु बढी देखिएका हुन् । सार्वजनिक तथ्यांक अनुसार शुक्रबार कतारमा ६०२ जनामा यो संक्रमण देखिएको हो । योसहित १ लाख ७६ हजार जनामा कोभिड संक्रमण पुगेको छ । यहाँ २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ ।  यहाँका चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन् । कतारमा कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई तिब्रता दिइएको छ । यहाँका कम्तीमा पनि सात लाख मानिसलाई यो खोप दिइएको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १९:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार