एकै दिनमा ५३ हजार भन्दा बढी भारतीयमा कोरोना सङ्क्रमण

शुक्रबार, चैत १३, २०७७

नयाँदिल्ली । भारतमा ५३ हजार ४७६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १७ लाख ८७ हजार ५३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५१ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ६९२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ । 
सोही अवधीमा यहाँँ कूल सङ्क्रमितमध्ये तीन लाख ९५ हजार १९२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ३१ हजार ६५० जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड ३० भन्दा बढीले खोप लगाइसकेका छन् ।  त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ७५ लाख तीन हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा १० लाख ६५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । – सिन्ह्वा 
 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार