रेशम चौधरीमाथिको मुद्दा फिर्ता लिन सरकार सकारात्मक

गृहमन्त्री भन्छन्, ‘थारु समुदायको माग सम्बोधन गर्न वार्ता टोली बनाउँछाै‌’ 
शुक्रबार, चैत १३, २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले थारु समुदायले राखेका माग सम्बन्धमा छलफल गर्न मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गर्ने जानकारी दिएका छन् ।  माइतीघर मण्डलामा विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट÷थारुवान् संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले टीकापुर घटनालगायत थारु समुदायले राखेका १९ बुँदे मागबारे सरकार गम्भीर रहेको बताए ।  उक्त समस्याको छिटोभन्दा छिटो समस्या समाधान गरिने गृहमन्त्री थापाको भनाइ छ ।  उनले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीसँग पनि वार्ताका माध्यमबाट समस्या समाधान गरिएको जनाउँदै थारु समुदायको माग पनि वार्ताबाटै टुङ्गोमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।  टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, रेशम चौधरीलगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थरुहट आन्दोलनका क्रममा मारिएकालाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्नेसहितका माग राख्दै केही दिनदेखि आन्दोलन परिचालन समितिका सदस्य माइतीघर मण्डलामा धर्ना बसेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार