विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु 

आइतबार, जेठ ८, २०७९
Global Ime Bank

पेरिस, ८ जेठ.।  फ्रान्सको उच्च पहाडमा  एउटा  पर्यटक विमान दुर्घटना हुँदा  एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ । शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो । विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको दूरीमा पर्छ । विमानको जलेको भग्नावशेषमा चार वयस्क र एक बच्चाको शव फेला परेको दुर्घटनाका प्रत्यक्षदर्शीहरूले आपतकालीन सेवाहरूलाई जानकारी दिएका छन् । आगो निभाउन करिब ६० अग्नि नियन्त्रक परिचालन गरिएका थिए । दुर्घटनाबारे छानबिन सुरु हुने भएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  ०८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार