सोसल मिडिया
Contact Us
युनिकोड
याङ्गुन । म्यान्मामा ‘कू’ विरोधी प्रदर्शनमा सहभागी ६०० भन्दाबढी मानिसलाई बुधवार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले बताएका छन् । ‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छाँै’, कारागारका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई जानकारी दिए । म्यान्मामा सैनिक ‘कू’ शुरुभएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ । यद्यपी जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ । प्रदर्शनका क्रममा दुई हजार ८०० भन्दाबढी व्यक्ति पक्राउ परेका थिए ।– सिन्ह्वा