सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । हुलाकमार्फत् गरिएका लाखौं मत अवैध घोषणा गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग पेन्सिलभेनियास्थित एक न्यायाधीशले खारेज गरिदिएका छन् । न्यायाधीश म्याथ्यू ब्रानले अनियमितता भएको भन्दै गरिएको मागदाबी ‘जायज नभएको’ ठहर गरेका हुन् । योसँगै पेन्सिलभेनियामा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई विजयी भएको प्रमाणपत्र दिने बाटो खुलेको छ । उनी त्यहाँ ट्रम्पको भन्दा ८० हजारभन्दा बढी मतले अगाडि छन् । नोभेम्बर ३ तारिखमा सम्पन्न राष्ट्रपतीय चुनावमा भएको आफ्नो पराजयलाई उल्टाउन खोजिरहेका ट्रम्पका लागि यो अर्को धक्का हो । चुनावमा आफू पराजित भएको मान्न उनले अस्वीकार गर्दै आएका छन् र कुनै प्रमाणविनै निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन् । ट्रम्पले पराजय स्वीकार नगर्दा सामान्यतया अमेरिकी चुनावपछि शुरू हुने प्रक्रियाहरूमा ढिलाइ भएको छ । बाइडनले ट्रम्पलाई २३२ विरुद्ध ३०६ इलेक्टरल मतले पराजित गर्ने प्रक्षेपण गरिएको छ ।
पेन्सिलभेनियाका न्यायाधीशले के भने ? आफ्नो आदेशमा न्यायाधीश ब्रानले ट्रम्पको चुनावी अभियान समूहले करिब ७० लाख मतदातालाई उनीहरूको मताधिकारबाट वञ्चित गराउने प्रयास गरेको बताएका छन् । मुद्दामा तनावपूर्ण कानुनी तर्क र आशंका आधारमा कुराहरू गरिएको न्यायाधीशको भनाइ छ ।
अरू महत्वपूर्ण राज्यको स्थिति के छ ? शुक्रवार जर्जियाले हातले मतपत्र गनेपश्चात् बाइडनले जितेको प्रमाणपत्र दिएपछि ट्रम्प अभियानलाई धक्का लागेको थियो । ट्रम्प अभियानलाई पुनः मतगणनाका लागि निवेदन दिन दुई दिन समय बाँकी छ । अर्को महत्वपूर्ण राज्य मिसिगनमा रिपब्लिकन अधिकारीहरूले राज्यको निर्वाचन बोर्डलाई परिणाम प्रमाणीकरण गर्न दुई हप्ताको समय माग्दै पत्र लेखेका छन् । ट्रम्प समूहले विरोध गरेपछि उनीहरूले सबभन्दा ठूलो काउन्टी डीट्रोइटमा राष्ट्रपतीय मतको पुनः जाँच गर्न माग गरेका थिए । तर मिसिगन डिपार्टमेन्ट अफ स्टेटले प्रमाणीकरण ढिलो गर्न र पुनः मतगणनता गर्न कानुनले नदिने बताएको थियो । विस्कन्सिनमा चुनाव अधिकारीहरूले ट्रम्प समर्थकहरूले पुनः मतगणना कार्यमा बाधा पु¥याएको आरोप लगाएका थिए । ट्रम्पका पर्यवेक्षकले हरेक मतमा समस्या देखाउँदै मतगणना कार्य जानीजानी ढिला गराउन खोजेको अधिकारीहरूले बताए । पुनः मतगणना सम्पन्न गर्न नसकेर डिसेम्बर १ तारिखसम्ममा चुनावको परिणाम प्रमाणीकरण गर्न नसके ट्रम्प समूहलाई मुद्दा हाल्न बाटो खुला हुनेछ । यहाँ बाइडनले २० हजार भन्दा बढी मतले जितेका थिए ।
चुनाव जितेको प्रमाणपत्र किन महत्त्वपूर्ण छ ? अमेरिकीहरूले राष्ट्रपतीय चुनावमा मतदान गरेपछि उनीहरूले खासमा राज्य तहका लागि मत हालेका हुन्छन् राष्ट्रिय तहमा होइन । उनीहरूले राज्यका अन्य प्रतिनिधिका लागि मत हालेका हुन्छन् जसले अन्ततः राष्ट्रपतिलाई मत हाल्छन् । उदाहरणका लागि मिसिगनमा उनीहरूले बाइडनका लागि मतदान गर्नुपर्ने हुन्छ किनभने जो बाइडनले उक्त राज्यमा चुनाव जितेका थिए ।
औपचारिकता कि अनावश्यक महत्व ? सामान्यतः निर्वाचनमा चुनाव जितेको प्रमाणपत्र दिनु औपचारिकता मात्र रहन्थ्यो । तर अहिलेका राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी चार वर्षसम्म शक्ति कायम राख्न प्रयत्न गर्दा केही राज्यहरू रणमैदानजस्ता भएका छन् । ट्रम्पले त्यसमा सफलता पाउँलान् ? त्यो असम्भव छैन तर त्यसो होला भन्ने सम्भावना धेरै झिनो छ । पहिलो त राष्ट्रपतिले केही राज्यका चुनावी परिणाम उल्टाउनुपर्ने हुन्छ जहाँ बाइडनले दशौँ हजारदेखि लाखसम्म भन्दा बढी मतले जितेका छन् । फ्लोरिडाको २,००० को जितको मात्र कुरा भएन । ट्रम्पको कानुनी समूहले कारबाही अगाडि बढाएका राज्यहरू मिसिगन, विस्कन्सिन र पेन्सिलभेनियामा डेमोक्रयाटिक गर्भनरहरू छन् जसले यी सबै गतिविधि हुँदा चुप लागेर बस्ने छैनन् । त्यसको अर्थ बाइडनका समर्थकहरू चिन्तित छैनन् भन्ने होइन । पृथ्वीमा ठूलो उल्काको धक्का लागेको जस्तो वा ठूलो चिठ्ठा परेका बेला चट्याङ परेको जस्तो यसबेला जित कसैले खोसेर लेला कि भन्ने झिनो सम्भावनाले पनि डेमोक्र्याटहरूलाई असिनपसिन बनाइदिन सक्छ ।–बीबीसी