वडाध्यक्षमा जित निकालेर गोदावरीमा एमालेको साख जोगाउन सफल भाष्कर थापा

बिहीबार, जेठ ५, २०७९

ललितपुर,  ५ जेठ ।  मेयर–उपमेयरसहित ११  वडामा नेपाली कांग्रेसले जित निकालेको ललितपुरको गोदावरी नगरपालिकामा १३ नं काे वडाध्यक्षमा भाष्कर थापाले जित निकालेपछि एमालेको साख जोगिएको छ । भाष्कर थापा उनको वडामा आफ्ना सवै सदस्यलाई पनि जिताउन सफल भएका छन् । नगरपालिकाको वडा नम्बर १३ झरुवाराशीमा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि थापाले जित हासिल गरेका थिए । वडानम्बर ६ र १० मा वडाअध्यक्षमा पराजित एमालेका वडा सदस्य भने विजयी भएका छन् । ११ वटा वडा जितेको कांग्रेसलाई झरुवाराशीमा जित निकाल्न भाष्कर थापा फलामे पर्खाल सरह उभिए । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार वडाध्यक्ष थापाले १ हजार ५१ मत प्राप्त गरी विजयी भए भने उनलाई नेपाली कांग्रेसका पुरुषोत्तम पौडेल (ठाकुर) ले  ९ सय ११ मतसहित पच्छ्याए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सचिन केसीले ५ सय ६७ मत पाउँदै तेस्रो भए । 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार