सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामाबाद । पाकिस्तानमा मङ्गलबार ८१औँ पाकिस्तान दिवस मनाइएको छ । परम्परागत रूपमा मनाइँदै आएको यो दिनलाई उन्मुक्तिको दिवस र गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । पाकिस्तानमा हरेक बर्षको मार्च २३ तारिखका दिन विषेश महत्वका साथ दिवस मनाउने गरिएको छ । स्वतन्त्र मुस्लीम राज्यका लागि भएको सङ्घर्षले सन् १९४० को मार्च २३ तारिखका दिन सफलता पाएकाले यस दिनलाई पाकिस्तान दिवसको रूपमा मनाउने गरिएको हो । दिवसका अवसरमा राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले छुट्टाछुट्टै शुभकामना सन्देश प्रकाशित गरी पाकिस्तानी नागरिकको सुख, समृद्धि र सुवास्थ्यको कामना गरेका छन् । देशलाई राम्रो कल्याणकारी राज्यको रूपमा स्थापित गर्नका लागि राज्यका सबै निकायलाई जनताले र जनतालाई राज्यका निकायहरूले अझ सहयोग गर्नु पर्नेमा उनीहरूले जोड दिएका छन् । सबैका बीचमा सहकार्यलाई पनि उत्तिकै बलियो बनाएर लैजान राष्ट्रपति र प्रधानमन्त्री दुवैले सबैलाई आह्वान पनि गरेका छन् । दिवसका अवसरमा राजधानीमा सैनिक प्रदर्शनी पनि गरिएको थियो भने विभिन्न निकाय र सङ्घसंस्थाले विभिन्न कार्यक्रमहरू आयोजना गरेका थिए ।– सिन्ह्वा