दुई वर्षभित्र इजरायलमा चौथो पटक संसदीय चुनाव 

बुधबार, चैत ११, २०७७

जेरुसलेम । इजरायलमा दुई वर्षभित्र चौथो पटक संसद््को निर्वाचन मङ्गलबार शुरु भएको छ । संसद्मा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनःसत्तामा पुग्छ वा पुग्दैन भन्ने यो चुनावले निक्र्यौल गर्नेछ । चुनावमा करिब ६५ लाख मतदाताले मतदान गर्नेछन् ।  इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसद्मा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो । इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उनले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा दिएका छैनन् । उनीमाथिका मुद्दा अदालतमा विचाराधीन छन् । तर प्रधानमन्त्री नेतन्याहूले आफूले भ्रष्टाचारजन्य कार्य नगरेको दाबी गर्दै आएका छन् । प्रधानमन्त्री नेतन्याहूले सत्ता छाड्नु पर्ने भन्दै केही दिनअघि प्रदर्शन पनि भएका थिए ।–एएफपी
 

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  ०५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार