महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो भएनः डब्लूएचओ

बुधबार, वैशाख २८, २०७९

बेइजिङ,  २८ वैशाख । महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि नै कोभिडको अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाईका साढे दुई करोड मानिसहरू  हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको भनाई आएको हो । 

‘जब हामी शून्य–कोभिड रणनीतिको बारेमा कुरा गछौँ, भाइरसको व्यवहार र भविष्यमा हामीले के अनुमान गर्छौं भन्ने विषयलाई मनन गर्दा याे दिगो छ भन्ने लाग्दैन’, टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलनमा भने । चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना तीब्र बृद्धि भएका छन् । कोभिडबाट सांघाइ सहर नराम्रोसँग प्रभावित छ । सांघाइमा कोभिडबाट अहिलेसम्म ५ सय जनाको मृत्यु भएको  छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार