Tihar Banner
Tihar Banner

पर्सा कारागारका ६३ महिला कैदीबन्दीलाई साडी र पिठो वितरण

मंगलबार, कात्तिक २४, २०८३

वीरगञ्ज । सामाजिक सेवा र मानवीय सहयोगको उद्देश्यसहित पर्सा कारागारमा रहेका ६३ जना महिला कैदीबन्दीलाई साडी तथा ६३ जनालाई पिठो वितरण गरिएको छ । आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति एसपी मोहनबहादुर क्षेत्री, वेर फेल सोसाइटीका अध्यक्ष सुरेश रुन्टा, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्ल र बिर्ता प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम सुवेदीको सहभागिता रहेको थियो । त्यस्तै, कारागारमा कार्यरत सशस्त्र प्रहरीका डीएसपी बालकृष्ण श्रेष्ठ तथा निमित्त कारागार प्रशासक देवनाथ शाहलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममार्फत ६३ थान साडी र ६३ जनालाई पिठो वितरण गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी अतिथिहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिने यस्ता मानवीय सहयोगका कार्य प्रशंसनीय रहेको बताए । यस्ता कार्यक्रमले आवश्यकतामा रहेका व्यक्तिलाई राहत पुग्नुका साथै समाजमा आपसी सद्भाव, सहयोग र एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  २०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार