महान्यायाधिवक्ता नियुक्त बडालले आइतबार शपथ लिने

शुक्रबार, चैत ६, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी छन् । उनी काठमाडौँ महानगरपालिका–७, चाबहिल निवासी हुन् । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजैदेखि लागु हुने गरी पदबाट राजीनामा दिएपछि वडाललाई उक्त पदमा नियुक्त गरिएको हो । नवनियुक्त महान्यायाधिवक्ता बडालले आइतबार शपथ लिनेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  २१:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार