सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २.४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करीब १० किलोमिटर गहिराइमा रहेको थियो । उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए÷नभएका बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको अधिकारीहरुले बताएका छन् ।–सिन्ह्वा