दलित महिला वडा सदस्यको मृत्यु 

शनिबार, वैशाख २४, २०७९

खोटाङ, २४ वैशाख ।   खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । रक्तचापको समस्याले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिईन् । रक्तचापले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पुर्‍याएलगत्तै परियारको मृत्यु भएको एमाले हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिए ।  २०३० सालमा जन्मिएकी परियार एमाले नगर कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी सदस्य थिईन् । उनका श्रीमानसहित तीन छोरा र दुई छोरी छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार