प्रधानमन्त्री देउवा शनिबार तनहुँ जाँदै 

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं, २३ वैशाख । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गर्ने चुनावीसभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ जाने भएका छन् ।  
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शनिबार आयोजना हुने सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा दमौली जान लागेका हुन् ।  
सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा प्रकाशशरण महतलेसमेत सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी र्दिए। व्यास नगरपालिका–३ अनसनचौतारीमा चुनावीसभा आयोजना गरिएको छ । नेपाली कांग्रेसबाट सदरमुकाममा रहेको व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै उम्मेदवार छन् । नगरप्रमुख न्यौपाने दोस्रो कार्यकालका लागि उम्मेदवार बन्नुभएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार