सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ ।रुसका विदेशमन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्ने भएका छन् । चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेशमन्त्री लाभरोभ चीन आउन लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले जानकारी दिएका हुन् । पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ । कतिपय विश्व मामिलामा राष्ट्रसङ्घमार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन् ।– सिन्ह्वा