पाँच दलीय गठबन्धन केही नेताको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण : डा भट्टराई

शुक्रबार, वैशाख २३, २०७९

काठमाडाैं, २३ वैशाख । जनता समाजवादी पार्टीका संघीय परिषद्‍ अध्यक्ष डा बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण रहेकाे बताएका छन् । स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमाेर्चाबीच विभिन्‍न पालिकामा तालमेल भएकाे छ । तर, चुनाव नजिकिँदै जाँदा भट्टराईले संसयपूर्ण अभिव्यक्ति दिएका हुन् । 'सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता-कार्यकर्ता त्यसवारे बढी जानकार हुन्छन् !लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं१कुनै आकाश खस्दैन,' उनले ट्वीट गरेका छन् ।  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार