पोपको आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट मोडलको अर्धनग्न तस्बिर लाइक भएपछि अनुसन्धान 

शुक्रबार, मंसिर ५, २०७७

भ्याटिकन । पोपको आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट ब्रजिलकी एक मोडलको अर्धनग्न तस्बिर लाइक भएपछि भ्याटिकनले अनुसन्धान सुरु गरेको छ । पोप फ्रान्सिसको अकाउन्टबाट नातालिया गरिबोट्टोको तस्बिर कहिले लाइक भयो भन्ने स्पष्ट छैन । गत शुक्रबार यससम्बन्धी समाचार प्रकाशित हुन थालेपछि पोपको अकाउन्टबाट सो तस्बिरलाई अनलाइक गरिएको छ ।
भ्याटिकनका अधिकारीहरूले यो कसरी हुन गयो भनेर अनुसन्धान सुरु गरेका छन् । ‘पोपबाट लाइक भयो भन्ने कुरा हुनै सक्दैन । हामीले इन्स्टाग्रामसँग यस विषयमा जानकारी मागेका छौँ’, बिहीबार भ्याटिकनका एक प्रवक्ताले गार्डियन पत्रिकालाई बताए । पोपको आधिकारिक इन्स्टाग्राम अकाउन्टलाई ७४ लाख मानिसले पछ्याउँछन् । विभिन्न पत्रिकामा आएका विवरण अनुसार पोपको अकाउन्ट कर्मचारीको एक समूहले चलाउने हुँदा एउटा आन्तरिक अनुसन्धान सुरु गरिएको छ । गरिबोट्टोले भने सो घटनाबारे रमाइलो टिप्पणी गरेकी छन् । उनले ट्वीटमा लेखिन्, ‘कम्तीमा म स्वर्ग जाने निश्चित भयो ।’–बीबीसी 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार