धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं, २३ वैशाख । धनकुटाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा गएराती मोटरसाइकल दुर्घटना हुंदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा साँगुरीगढी–३ मदेन टोलका अन्दाजी ३८ बर्षीय ईन्द्र बहादुर याखा रहेका छन् ।  कुशेटारबाट मदेनतर्फ आँउदै गरेको याखाले चलाएको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रीत भई गएराती पौने १२ बजे दुर्घटनामा परेको थियो । मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरी चौकी डाँडाबजारले जनाएको छ ।

पाल्पा जिप दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते
पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु१च ७७८० नंको  जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका–३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा निस्दी गाउँपालिका–४ का चालक २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका–३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छ । श्रेष्ठको अवस्था गम्भीर छ भने खाम्चाको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप सडकमा अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार