पाकिस्तानी प्रधानमन्त्री खानले लगाए कोभिडविरूद्धको खोप 

शुक्रबार, चैत ६, २०७७

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोनाभाइरसविरूद्धको खोपको पहिलो मात्रा लिएर खोप लगाउन पाकिस्तानी नागरिकहरूलाई प्रोत्साहन गरेका छन् ।   दक्षिण एशियाली यो मुलुकमा चीनद्वारा सहयोग गरिएको कोरोनाभाइरस खोपको पाँच लाख मात्रा आएको एक दिनपछि पाकिस्तानी प्रधानमन्त्रीसहित उच्चपदस्थ अधिकारीले खोप लगाई चीनको सिनोभ्याक खोप कोभिड–१९ विरूद्धको अभियानका लागि सुरक्षित रहेको सन्देश आफ्ना नागरिकहरूलाई दिएका छन् । चीनबाट प्राप्त सिनोफर्म खोप पाकिस्तानमा दोस्रो पटक पठाइएको र खोपरहेका गाडीहरूलाई पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले रावलपिंडीको नूर खान एयरबेसमा बुझेका तस्बिरहरू पाकिस्तानी समाचार संस्थाहरूले महत्वका साथ सम्प्रेषण गरेका छन् ।  पाकिस्तानमा सिनोफर्मद्वारा विकास गरिएको उक्त खोप मात्र उपलब्ध छ । यसअघि, चीनले फेब्रुअरी १ मा पाकिस्तानलाई सिनोफर्मका पाँच लाख मात्रा कोभिड–१९ विरूद्धका खोप पठाएको थियो । उक्त खोपलाई पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलगायत जोखिम देखिएका अन्य नागरिकलाई पहिलो मात्रा दिइएको छ ।
पाकिस्तानमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको सङ्ख्या ६१ लाख पाँच हजार ८१० रहेको पुष्टि गरिएको छ भने १३ हजार ७१७ संक्रमितको मृत्यु भएको छ ।– एएनआई
 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  ०३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार