टोकियोमा सङ्कटकाल अन्त्य गर्न सिफारिस

शुक्रबार, चैत ६, २०७७

टोकियो । जापानको राजधानी टोकियो क्षेत्रमा लगाइएको सङ्कटकाल अन्त्य गर्न विज्ञहरूले सिफारिस गरेका छन् । रोग सङ्क्रमणसम्बन्धी विज्ञहरू र यससम्बन्धी सरकारी अधिकारीहरूबीच भएको छलफलमा विज्ञहरूले सङ्कटकाल हटाउनु उपयुक्त हुने निष्कर्ष सुनाएका हुन् । 
कोरोनाभाइरसको महामारीको पछिल्लो अवस्थालाई हेरेर सङ्कटकाल हटाउनु पर्ने निष्कर्षमा उनीहरू पुगेका हुन् ।  उनीहरूको निष्कर्ष र सिफारिसका आधारमा जापानी प्रधानमन्त्रीले आइतबारदेखि लागू हुनेगरी सङ्कटकाल अन्त्य भएको घोषणा गर्ने तयारी भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । ‘रोग सङ्क्रमणसम्बन्धी विज्ञ, सरकारी अधिकारी र सरोकारवालाहरूले महामारीको पछिल्लो अवस्थालाई विश्लेषण गरेर सङ्कटकाल हटाउनु उपयुक्त हुने सुझाव दिएका छन्, त्यसैले सरकार सङ्कटकाल अन्त्य गर्ने निष्कर्षमा पुगेको छ’, कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन मन्त्री यासुतोशी निशिमुराले भने । सङ्कटकाल फिर्ता गर्नेसम्बन्धी पर्याप्त जानकारी अहिलेसम्म नदिइएको र यसलाई पत्रकार सम्मेलन गरेर सरकारी अधिकारीहरूले सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।– सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  ०२:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार