केशव स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं, २२ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।  स्थापितले काठमाडौं महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । एमाले उम्मेदवार स्थापितले प्रतिस्पर्धी साहलाई 'अन्तर्राष्ट्रिय ठग' भन्दै टिप्पणी गरेका थिए। यसअघि काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार