Tihar Banner
Tihar Banner

तपाईंलाई किन कारबाही नगर्ने?

पैसा राखेर पाउ ढोगेको भनिएका मेलम्चीका वडा अध्यक्षलाई निर्वाचन आयोगको प्रश्न
बिहीबार, वैशाख २२, २०७९

काठमाडौं, २२ वैशाख । मतदाताको पाउमा पैसा राखेको भन्दै समाचार सार्वजनिक भएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० का वडा अध्यक्षलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको तस्बिरसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको भन्दै निर्वाचन आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। आयोगले भनेको किन कारबाही नगर्ने भन्दै जवाफ मागेको हो।  'निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने हो २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ' आयोगले जारी गरेको विज्ञप्तिमा भनेको छ।  वडा अध्यक्षका उम्मेदवार खनालले मतदाताको पाउमा पैसा राखेको भन्दै फोटो र समाचार सार्वजनिक भएको थियो तर उनले भने आफूले दिदीको खुट्टा ढोगेको दाबी गरेका थिए। 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार