हावाहुरीले स्कुलको छानो उडायो

बिहीबार, वैशाख २२, २०७९

बैतडी, २२ वैशाख । बुधबाराति आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका-७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभुत बिद्यालयको छानो उडाएको छ । बर्षासँगै आएको हावाहुरीले उक्त विद्यालयको दुई कोठाको  जस्तापाता उडाएको हो ।  अहिले बिद्यालय बन्द भए पनि स्कुल खुल्ने बेला वर्षात हुने भएकाले बालबालिकाकाे पठनपाठनमा समस्या हुने स्थानिय पुरनसिंह ऐरले बताए ।  उक्त विद्यालयमा हाल कक्षा तीनसम्मको पढाइ हुन्छ भने करिब ६० जना विद्यार्थी छन् । छानो उडाउँदा जस्तापाताहरू छरिएका छन् । छरिएको सामग्री व्यवस्थापन नभए चोरी हुने सम्भावना पनि छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार