गठबन्धनको सरकारले स्थायित्व दिन्छ : डिना उपाध्याय

बिहीबार, वैशाख २२, २०७९

चितवन, २२ वैशाख  । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले गठबन्धनले देश परिवर्तन गर्ने दाबी गरिन् । गठबन्धनको सरकारले स्थायित्व दिने बताएकी उनले जनताको आवाजले गठबन्धन बनेको बताइन्। 

भरतपुरमा बिहीबार आयाेजित गठबन्धनकाे आमसभालाई सम्बाेधन गर्दै उनले जनताकाे चाहनाअनुसार सरकार बनेको बताइन् । गठबन्धनले अब स्थानीय सरकार हाँक्ने  भन्दै उनले रेणु दाहालले भरतपुरलाई नयाँ परिवर्तनका साथअघि बढाउने जमर्को गरेकाे जानकारी दिइन् । गठबन्धनको निरन्तरता आवश्यक रहेकाे दाबी गर्दै उनले मतदाताले चाहेको गठबन्धनको निरन्तरता गर्न शिर्ष नेताले सुनिश्चितता गर्नुपर्ने बताइन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार